Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जुवा खेलिरहेका सातजना पक्राउ, झन्डै एक लाख बरामद

दाङ । दाङमा जुवा खेलिरहेका सात जना झन्डै एक लाख रूपैयाँ नगदसहित पक्राउ परेका छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित स्युजाली होटल एन्ड लजमा ९२ हजार रूपैयाँभन्दा बढी रकमसहित सात जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा होटल सञ्चालक घोराही– १७ का ४७ वर्षीय माधव गैरे, बंगलाचुली गाउँपालिका– ४ का २८ वर्षीय माधव खड्का, बंगलाचुली – २ का ३२ वर्षीय भरत घर्ती मगर, बंगलाचुली– ४ का २८ वर्षीय ताराप्रसाद न्यौपाने र बंगलाचुली– ६ का २४ वर्षीय पुषक अधिकारी रहेका छन् ।

यस्तै बंगलाचुली– ५ का ३४ वर्षीय दिवाकर वली र बंगलाचुली घर भई घोराही– १५ मा बस्दै आएका वर्ष ३० का नारायणप्रसाद वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरूलाई गोप्य सूचनाका आधारमा प्रहरीले गएराति पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077