Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तानले जित्यो वान डे सिरिज

एजेन्सी । पाकिस्तानले बुधबार न्युजिल्यान्डमाथि १२ वर्षयताको पहिलो वान डे सिरिजमा जित निकालेको छ ।

कराँचीमा बुधबार भएको दिवा—रात्री खेलमा घरेलु टोली पाकिस्तानले न्युजिल्यान्डलाई २६ रनले पराजित गरेको हो ।

इमाम–उल–हकको ९० र बाबर आजमको ५४ रनको मदतले पाकिस्तानले पहिले ब्याटिङ गर्दै ५० ओभरमा छ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले ४९.१ ओभरमा अलआउट हुन अगाडि २ सय ६१ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका ओपनर टम ब्लन्डेलले त्यसमा सर्वाधिक ६५ रन बनाए । रावलपिन्डीमा भएका सुरुआती दुई खेल जितेको पाकिस्तानले पाँच खेलको सिरिजमा ३–० को निर्णायक अग्रता लिएको छ । । पाकिस्तान र न्युजिल्यान्डबीचको चौथो एकदिवसीय खेल शुक्रबार खेलिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077