Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैंक खातामा रकम पठाउन लगाई ठगी गर्ने अनिल पक्राउ

काठमाडौं । प्रहरीले खातामा रकम पठाउन लगाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

आइएमइ कार्यालयबाट बैंक खाताहरूमा रकम पठाउन लगाइ ठगी गरेको आरोपमा प्रहरीले ३१ वर्षका अनिल मालाकारलाई पक्राउ गरेको हो ।

मालाकारले खाता नम्बर र खातावालाको नाम समेत दिई पटक पटक गरी जम्मा तीन लाख रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

मालाकारले आइएमइ कार्यालयका संचालकलाई रकम नै नदिई फोनमा कुरा गरेजस्तो गरी भाग्दै आएका थिए ।

मालाकारलाई खोजतलासको क्रममा पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077