Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाले भन्यो – पुटिनको हत्या प्रयासमा हाम्रो संलग्नता छैन, रुसी दाबी गलत हो

एजेन्सी । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयासमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ । क्रेमलिनको आरोप अमेरिकाले अस्वीकार गरेको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले क्रेमलिनमा ड्रोन आक्रमणको पछाडि अमेरिकाको हात भन्ने रुसी दाबी गलत भएको प्रतिक्रिया दिएका हुन् ।

“म तपाईलाई विश्वस्त पार्न सक्छु कि यसमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता थिएन । जेसुकै भएको भए पनि यसमा हाम्रो संलग्नता छैन,” किर्बीले टेलिभिजन च्यानल एमएसएनबीसीसँगको एक अन्र्तवार्तामा भनेका छन्, “यसमा हाम्रो कुनै सरोकार थिएन ।”

रुसले बुधबार ड्रोन आक्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास भएको दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077