Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकाले भन्यो – पुटिनको हत्या प्रयासमा हाम्रो संलग्नता छैन, रुसी दाबी गलत हो

    अमेरिकाले भन्यो – पुटिनको हत्या प्रयासमा हाम्रो संलग्नता छैन, रुसी दाबी गलत हो

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 558
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयासमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ । क्रेमलिनको आरोप अमेरिकाले अस्वीकार गरेको छ ।

    ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले क्रेमलिनमा ड्रोन आक्रमणको पछाडि अमेरिकाको हात भन्ने रुसी दाबी गलत भएको प्रतिक्रिया दिएका हुन् ।



    “म तपाईलाई विश्वस्त पार्न सक्छु कि यसमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता थिएन । जेसुकै भएको भए पनि यसमा हाम्रो संलग्नता छैन,” किर्बीले टेलिभिजन च्यानल एमएसएनबीसीसँगको एक अन्र्तवार्तामा भनेका छन्, “यसमा हाम्रो कुनै सरोकार थिएन ।”



    रुसले बुधबार ड्रोन आक्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास भएको दाबी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार