Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणमा संलग्नहरु उम्किन पाउँदैनन् : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकपछि बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

प्रवक्ता महतले भने,‘यो अमानवीय र आपराधिक काम हो। को-को संलग्न छन्, कसरी संलग्न भएका छन् त्यो त अनुसन्धानबाट बाहिर आउला । तर हामी चाहन्छौं कि, जो-जो आपराधिक क्रियाकलापमा संलग्न छन्। उनीहरू सजायको दायरामा आउनुपर्छ र आउँछन्।’

प्रवक्ता महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077