काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले शुक्रबार नेता रिजाललाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
रिजाल १४ औँ महाधिवेशनमा डा शेखर कोइराला समूहबाट महामन्त्रीका उम्मेदवार थिए ।