Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घरको जग खन्ने क्रममा ढिस्कोले पुरिँदा चार जनाको मृत्यु

इलाम । इलाममा को सूर्योदय नगरपालिका-१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

शुक्रबार अपराह्न ४ः४५ स्थानीय विनोद श्रेष्ठको घर निर्माण गर्दै गर्दा माथिबाट झरेको सुक्खा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुने सबै भारतीय रहेको इलाका प्रहरी पशुपतिनगरले जनाएको छ । मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी वर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र वर्ष १९ का मैजफर आलम रहेका छन् ।

स्थानीय विनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खसैझैँ ढिस्को खस्दा उनीहरू पुरिएका थिए । उनीहरूको शव पोस्टमार्टमका लागि फिक्कल अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077