Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • फोल्ड गर्न मिल्ने फोन ल्याउँदै गुगल

    फोल्ड गर्न मिल्ने फोन ल्याउँदै गुगल

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 768
    SHARES

    एजेन्सी । गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन, पिक्सेल फोल्ड अनावरण गरेको छ।

    गुगलले अझै नयाँ पिक्सेल फोल्डको स्पेसिफिकेशन र मूल्य खुलाएको छैन।



    गुगलले ट्वीटरमा ‘मे द फोल्ड बी विथ यु’ भन्ने वाक्यांशसहितको भिडियो टिजर पोस्ट गरेको हो ।



    यससँगै गुगलले यो डिभाइस मे १० मा गुगल I/O  कार्यक्रममा लन्च गरिने पनि बताएको छ ।

    नयाँ भिडियोले गुगल पिक्सेल फोल्ड ट्रिपल क्यामेरा सेटअपको साथ आउनेछ भनेर बताउँछ। यसमा तेस्रो लेन्स पेरिस्कोप लेन्स हो, जुन सामसुङ ग्यालेक्सी एस२३ अल्ट्रामा पनि पाइन्छ।

    यो फोनको मूल्य ग्यालेक्सी जेड फोल्ड ४ जस्तै हुने दाबी गरिएको छ। यो गुगल फोन १।५५ लाख भारतीय रुपैयाँमा लञ्च हुने अपेक्षा गर्न सकिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार