Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पूर्वगृहमन्त्री खाँणले भने -भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन,संलग्न नभएको घटनामा नाम जोडियो

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन्।

नेता खाँणले विज्ञप्ति जारी गर्दै आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै आएका समाचारले अन्यौल सिर्जना गरेको बताएका हुन् ।

विज्ञप्ति जारी गर्दै खाँणले भनेका छन्, 'शनिवार विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ ।’

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा खाँणको पनि नाम मुछिएको छ ।

सो प्रकरणमा आफ्नो नाम जोडिएपछि खाँणले समाचारमा आएका कुराहरू अस्वीकार गरेका हुन् । यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ।

अनुसन्धानको क्रममा प्रहरीले पूर्वगृहचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। प्रहरीले अर्का पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि पक्राउ गरेको छ।

यस्तै नेकपा एमालेका सचिव समेत रहेका टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी छ। उनी हाल फरार छन्। उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077