Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाले समर्थन फिर्ता लिए पनि सरकारसँग पर्याप्त बहुमत छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा केही गल्ती भए सच्याएर अघि बढ्नुपर्ने बताएका छन् ।

भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफूहरु अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताएका हुन् ।

अध्यक्ष यादवल सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने भन्दै गल्ती भए सच्याएर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष यादवले भने, ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन । र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो । गल्ती कहाँ छ त्यहाँ सच्याएर अघि बढने बेला हो ।’

मुलुकलाई सम्भावित संकटबाट जोगाउने जिम्मा अहिलेको सत्ता गठबन्धनको हो भन्दै उनले त्यसका लागि सरकार स्थिर रहन आवश्यक भएको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग पर्याप्त बहुमत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077