Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध

    सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 537
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाएको छ ।

    प्राधिकरणले शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरसँग रहेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो।



    सिम्रिकका अन्य हेलिकप्टरहरूको विस्तृत निरीक्षण गर्नुका साथै सडान सञ्चालन, वायु योग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखा परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाइएको क्यानले जनाएको छ ।



    शुक्रबार दिउसो अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको सिम्रिक एयर नाइन एन- एजेजेट हेलिकप्टर भोटखोला-४ सिप्रुङमा दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए भने भविन गुरुङको निधन भएको थियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार