Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आरजु राणाको गुनासो- नारीले आफ्नो हैसियतमा राजनीति गरेको सैह्य नहुने रहेछ

काठमाडौं  । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफूमाथि अनेक लान्छना लगाइने गरेको भन्दै गुनासो गरेकी छिन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले तथ्यमा आधारित भएर बोल्न आग्रह गरेकी हुन् ।

नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि त्यसको खण्डन गर्दै आफूले केही नबिराएको दाबी गरिन् ।

आरोपका लागि आरोप लगाउने गरी भ्रष्टाचारको विषय उठाउने र अर्को व्यक्ति उपर आरोप लगाउने कार्य मात्रै गरेर समस्याको समाधान नहुने उनको भनाइ छ ।

त्यस्तै,  सांसद राणाले आफूसहित सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्ने प्रस्ताव समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077