Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ दायर रिटको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

पूर्वसांसद श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाही गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा दिएको रिटमाथिको सुनुवाइ न्यायाधीश श्रेष्ठको इजलासमा परेको हो ।

रास्वपाको केन्द्रीय समिति बैठकले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक बार्गेनिङ गरेको पुष्टि भएको भन्दै श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

रास्वपाको सिफारिस अनुसार उनको पद रिक्त भएको सूचना संसद् सचिवालयले जारी गरिसकेको छ ।

गत चैत्र २४ गते उनले आफूमाथि गरिएको कारबाही गैरकानुनी भएको भन्दै सांसदमा पुनर्वहाली गर्नुपर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077