Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थसचिव पोखरेलले लिए राष्ट्र बैंक सञ्चालकको शपथ

काठमाडौं । अर्थसचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंकको सञ्चालकको शपथ लिएका छन् ।

पोखरेललाई सोमबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले केन्द्रीय बैंक सञ्चालकको रुपमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

तत्कालीन अर्थसचिव तोयम रायलाई सरुवा गरेर पोखरेललाई अर्थमन्त्रालयले केहीदिन अघि अर्थसचिवको रुपमा भित्र्याएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077