Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • अर्थसचिव पोखरेलले लिए राष्ट्र बैंक सञ्चालकको शपथ

    अर्थसचिव पोखरेलले लिए राष्ट्र बैंक सञ्चालकको शपथ

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । अर्थसचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंकको सञ्चालकको शपथ लिएका छन् ।

    पोखरेललाई सोमबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले केन्द्रीय बैंक सञ्चालकको रुपमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।



    तत्कालीन अर्थसचिव तोयम रायलाई सरुवा गरेर पोखरेललाई अर्थमन्त्रालयले केहीदिन अघि अर्थसचिवको रुपमा भित्र्याएको थियो ।

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार