Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

संकट अत्यन्तै गहिरो छ, बजेटका सिद्धान्त र प्राथमिकताले समाधान गर्न सक्दैन : गोकर्ण विष्ट

काठमाडौं । नेकपा (एमाले) का सांसद एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पर्याप्त नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सो विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन्।

सरकारले पेश गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले अहिलेको अर्थतन्त्रको समस्यालाई समाधान गर्न नसक्ने सांसद विष्टको दावी थियो ।

मुलुकको आर्थिक संकटको समाधान गर्न नसकिने भन्दै उनले उच्चस्तरीय सार्वजनिक खर्च पुनरावलोकन आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए ।

सांसद विष्टले रोजगारी सृजना, उत्पादन वृद्धि र आर्थिक वृद्धिदरमा योगदान पर्याउने क्षेत्रहरुको पहिचान गरी मुलुकको आर्थिक संकटलाई समाधान गर्न सरकार तयार हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077