Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक वर्षमा १९ प्रतिशतले बढ्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौं । एक वर्षमा नेपालको विदेशी मुद्राको सञ्चिति बढेको छ ।

२०७८ चैतमा ९ अर्ब २८ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति एक वर्षको अवधिमा बढेर ११ अर्ब डलर माथि पुगेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति १९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी मुद्राको सञ्चिति १९ महिनापछि कै राम्रो अवस्थामा पुगेको छ ।

यसअघि २०७८ भदौमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब १४ करोड अमेरिकी डलर माथि थियो । राष्ट्र बैंकले २०७८ फागुनदेखि मौद्रिक नीतिमा कडाइ गरेपछि एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति १८.५ प्रतिशतले बढेको हो ।

चैत महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब १० अर्ब रुपैयाँ पुगेको अवस्थामा आयात गत वर्षभन्दा १६ प्रतिशतले घटेकाले विदेशी मुद्राको सञ्चिति बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077