Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

९ महिनामा रेमिट्यान्स २४ प्रतिशतले वृद्धि, भित्रियो ९ खर्ब

काठमाडौं । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको छ ।

तंथ्याकअनुसार समीक्षा अवधिमा रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भएर नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको छ । चैत महिनामा मात्रै १ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो ।

यससँगै, केन्द्रीय बैंकको भण्डारमा विदेशी मुद्राको सञ्चिती १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

जबकी, २०७९ असार मसान्तसम्ममा यस्तो सञ्चिती जम्मा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077