Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सबैतिर बजेट नछर्ने सरकारको योजना छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतको सिमितता भएकाले सबै ठाउँमा बजेट नछर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रि-बजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जस्तो गरी बजेट नछर्ने स्पष्ट पारे । उनले आफूलाई बजेट छर्ने दबाब रहेको भएपनि आफूले त्यस्तो नगर्ने संकेत गरे ।

एउटा आर्थिक वर्षमा एउटा काम देखिने गरी गर्नुपर्ने उनको भनाई छ । उनले सरकारसँग स्रोतको सुनिश्चिता रहेकाले स्रोत सुनिश्चिता अनुसार काम गर्नुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077