Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको बयान आजदेखि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान लिइने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आजदेखि कांग्रेस नेतासमेत रहेका खाँणको बयान लिन लागेको हो । खाँण बुधबार बिहान चाबहिलस्थित उनकै निवासबाट पक्राउ परेका थिए ।

जिल्ला अदालत काठमाडौँले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

पछिल्लो बयानमा हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नै खाँणको संलग्नता रहेको बयान दिएपछि प्रहरीले खाँणलाई बुधबार उनको निवासबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077