Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आगलागीमा घाइते भएका एक जनाको मृत्यु, ७ जनाको उपचार जारी

दैलेख । दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आठबिस नगरपालिका–६ का भैरे विकको मृत्यु भएको हो।

नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

अरू सात जनाको नेपालगञ्जमै उपचार भइरहेको बताइएको छ । सातमध्ये तीन जनाको भेरी प्रादेशिक अस्पताल र चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ।

आठबिस नगरपालिका–६ मा रहेको सल्लेरी सामुदायिक वनअन्तर्गत माल्यामा बुधबार बिहान भएको आगलागीमा परी १० जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077