Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेशम चौधरी लगायतलाई छुटाउन मिल्ने गरी केही नेपाल ऐन संशोधन विधेयक दर्ता

काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डमा अदालतबाट जन्मकैद ठहर भई जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई राजनीतिक आवरणमा छुटाउने गरी कानुन बनाउने तयारी गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले चौधरीको मुद्दा फिर्ता लिने गरी केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ ।

यो विधेयकमार्फत सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा एउटा बुँदा थप गरेको छ ।

जसअनुसार शान्तिपूर्ण राजनीतिमा आउन सम्झौता गरेका दल वा समूहका नेता कार्यकर्ता विरुद्ध चलेका मुद्दा फिर्ता लिन सक्ने उल्लेख छ ।

थरुहट आन्दोलन र विप्लव समूहका कार्यकर्तालगायतको विभिन्न फौजदारी मुद्दाका सजाय फिर्ता लिने तयारीका लागि यो संशोधन विधेयक ल्याइएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077