Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले नेता बालकृष्ण खाँणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने भएको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँणले अनुसन्धानलाई सहयोग पुर्‍याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको हो ।

सहमहामन्त्री जीवन परियारले बैठकमा यस विषयमा सामान्य छलफल भएको र कारबाही गर्ने विषयमा कोसैबीच पनि मतभेद् नभएको बताए ।

बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने मत राखेका थिए ।

उनले पक्राउ पर्ने वितिकै कोही पनि दोषी नहुने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष र तटस्ठ छानबिनको माग गरे ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077