Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोजगारीका लागि अमेरिका पठाईदिन्छु भन्दै लाखौँ ठगी गर्ने ओम शाक्य पक्राउ

काठमाडौं। अमेरिका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २० बस्ने ५६ वर्षीय ओम शाक्य रहेका छन् ।

शाक्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालीमाटीबाट पक्राउ गरेको हो ।

शाक्यले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारीको लागि अमेरिका जानको लागि १५ लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।

शाक्यले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शाक्यलाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका बास्तोलालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077