Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण

    टोपबहादुर रायमाझीलाई खोज्‍न सिआइबीले लग्यो संसद्‍ सचिवालयको सीसीटीभी फुटेज

    टोपबहादुर रायमाझीलाई खोज्‍न सिआइबीले लग्यो संसद्‍ सचिवालयको सीसीटीभी फुटेज

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 657
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संसद् सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ ।

    एमाले सांसद टोपबहादुर रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्न प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो ।



    वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिदा स्वीकृतिका लागि सहयोगी मार्फत सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए ।



    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैध योजनामा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउपुर्जी जारी भएपछि फरार छन् ।

    कांग्रेसका खाँण पक्राउ परेपछि एमालेले रायमाझीलाई सचिवबाट निलम्बन गरेको छ । सिआइबीले अनुसन्धानका लागि संघीय संसद् सचिवालय प्रवेशस्थल, सभामुखको सचिवालय आसपास कभर गर्ने सिसिटिभी फुटेज लगेको छ ।

    फरार भएका कारण संसद् बैठकमा उपस्थित हुन नसक्ने भएपछि सांसद पद जोगाउन रायमाझीले सहयोगी मार्फत आफू बिरामी भएकाले संसदमा उपस्थित नसकेको पत्र पठाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार