Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मर्मत सम्भारका लागि दुई हप्ता मेलम्चीको पानी वितरण रोकिने

काठमाडौं । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरका अनुसार हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले २ हप्ताका लागि पानी वितरण बन्द हुने भएको हो ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले बताए ।

मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सुरु गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077