Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा सीआईबीको फन्दामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले शनिबार नासु रेवन्त खड्कालाई कार्यालयको कार्यकक्षबाटै पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रक्रियामा गइसकेका कतिपय मुद्दामा व्यक्तिगत लाभ हुनेगरी चासो राखेपछि उनलाई पक्राउ गरिएको हो ।

उनीविरुद्ध उजुरी परेपछि नियन्त्रणमा लिइएको बताइएको छ । नासु खड्काले विदेशबाट आफन्तले ल्याएका अवैध सामानसमेत अनुसन्धानमा नलगिकनै फिर्ता पठाउने गरेको आरोप छ । उनीमाथि सीआईबीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077