Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

वर्षामा पनि मेलम्चीको पानी ल्याउने तयारी

काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा वितरण हुन थाले पनि वर्षामा बन्द गरिँदै आएको छ । यो वर्ष भने वर्षामा पनि काठमाडौँ उपत्यकामा मेलम्ची पानी ल्याउन गृहकार्य शुरू भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी ल्याउने गरी आवश्यक अस्थायी प्रबन्ध मिलाउने तयारी गरेको हो ।

त्यसका लागि समितिले जेठ १ गतेदेखि नै उपत्यकामा पानी पथान्तरण स्थगन गर्ने भएको छ । मेलम्ची हेडवर्क्स एवं सुरुङ मर्मतमा लागि जेठ १ देखि १५ गतेसम्म पानी पथान्तरण गर्ने समितिले जानकारी दिएको छ ।

आयोजनाका अनुसार उक्त कार्यका लागि ८ देखि १५ दिन लाग्छ । समितिका प्रवक्ता राजेन्द्र पन्तले यो वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौँमा ल्याउन सकिन्छ कि भनेर गृहकार्य थालिएको जानकारी दिए ।

२०७८ को बाढीले क्षतिग्रस्त हेडवर्क्सलगायत संरचनाको अल्प-मध्यकालिक पानी पथान्तरणका लागि आवश्यक निर्माण सुधारका लागि पानी पथान्तरण स्थगन गरिएको हो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077