Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कतार पुलिसमा जागिर लगाइदिन्छु भन्दै ६९ लाख ठग्ने लिम्बु पक्राउ

काठमाठौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कतार पुलिसमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ आठराई त्रिवेणी घर भई हाल काठमाडौं महानगरपालिका १० थापागाउँ बस्ने ४९ वर्षीय रुद्रबहादुर लिम्बु रहेका छन् ।

लिम्बुले कतार पुलिसमा जागिर लगाइदिन्छु भन्दै १९ जनासँग लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । लिम्बुले हरिबहादुर कार्कीसमेत १९ जनालाई कतार पठाएर त्यहाँको पुलिसमा जागिर लगाइदिन्छु भन्दै प्रलोभन देखाएका थिए ।

मासिक १ लाख रुपैयाँ तलब हुन्छ, त्यहाँ जान प्रति व्यक्ति ७ लाख रुपैयाँ लाग्छ भन्दै लिम्बुले पीडितहरुबाट पटक–पटक गरी ६९ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।

लिम्बुलाई कार्यालयको टोलीले गत वैशाख २९ गते धुम्बराहीबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077