Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वर्णिम वाग्ले भन्छन्- नक्कली शरणार्थी प्रकरण राजद्रोह हो, यतिकै सामसुम पार्न दिँदैनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह भएको बताएका छन् ।

आइतबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र संगठित अपराध भएकाले राजद्रोह नै भएको बताएका हुन् ।

उनले उक्त प्रकरण राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्धि र मान्यताहरुविरुद्ध भएको भन्दै सामसुम पार्न नदिन दबाब दिइराख्ने बताए।

उनले भने, ‘अमेरिकामा बसिरहेका नेपाली नागरिकहरुको आत्मसम्मानको कुरा हो। यो राष्ट्रकै सरोकारको विषय हो। यसलाई सामसुम हुन दिनु हुँदैन।’

भ्रष्टहरुले प्रणालीलाई नै प्रभावमा पारेको भन्दै अब नयाँ तवरले अनुसन्धानलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले तारन्तार बसिरहेको तीन नेताहरुको बैठकलाई इंकित गर्दै टालटुल पार्न खोजेको हो कि भन्ने आशंका व्यक्त समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077