काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
भर्चुअल बैठकलाई सम्बोधन गर्दै दृष्टिबिन्दु, कार्यशैली र कार्यपद्धतीमा गुणात्मक परिवर्तन गर्न श्रेष्ठले आइतबार निर्देशन दिएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले हाम्रो प्राथमिकतामा गरिब र उत्पीडित पर्छन् कि पर्दैनन् ? भन्ने प्रतिप्रश्न गर्दै अबको कार्यसम्पादनको मूल्यांकनको आधारको रुपमा यसलाई लिइने बताए ।
यसलाई सामान्य निर्देशनको रुपमा नलिन पनि मन्त्री श्रेष्ठले आग्रह गरे । विपदको पूर्व तयारी, शान्ति सुरक्षाको स्थिति, मिटरब्याज (अनुचित लेनदेन), सीमा सुरक्षा लगायतका विषयमासमेत निर्देशन दिए ।