Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेस्तोल र ५ राउण्ड गोलीसहित भारतीय युवक पक्राउ

महोत्तरी । पेस्तोल र गोलीसहित एक भारतीय युवक महोत्तरीबाट पक्राउ परेका छन् ।

भारतबाट आउँदै गरेको बेला भारतको सितामढी बाजोपट्टी–६ का २६ वर्षीय पप्पु यादवलाई महोत्तरीको एकडरा गाउँपालिका–४ हल्खोजी बजारबाट पक्राउ गरिएको हो ।

उनको साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

एकडारा गाउँपालिका-४ हल्खोरी बजार हुँदै नेपालतर्फ आउँदै गरेका यादवमाथि शंका लागेकाले हल्खोरीबाट खटेको प्रहरी गस्ती टोलीले जाँच गरेको थियो । यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077