Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज बयान लिने तयारी

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको आज बयान लिइने भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका उनको आज बयान लिइन लागिएको हो ।

वैशाख २७ गते नै पक्राउ परेका खाँणको बयान हुन सकेको थिएन । घटनाका सम्बन्धमा प्रहरीले सोधपुछ गरे पनि उनको बयान भने ‘रेकर्ड’ गरिएको थिएन ।

सरकारी वकिल समेतको उपस्थितमा प्रहरीले सोमबार खाँणको बयान लिन लागेको बताइएको छ । सम्भव भएसम्म खाँणको बयान सोमबार नै सक्ने प्रहरीको तयारी छ ।

यस्तै आजै आइतबार साँझ बुढानीलकण्ठको पासिकोट भन्ने स्थानबाट पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077