Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विष्णु रिजाल भन्छन् - भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरण देशद्रोह नै भएको बताएका छन् ।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुखसमेत रहेका रिजाल सोमबार बिहान समाजिक सञ्जालमार्फत सो प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार मात्र नभएर देशद्रोह नै भएको जिकिर गरेका हुन् ।

उनले यो प्रकरणमा संलग्न जोसुकै भए पनि देशद्रोहको मुद्दा लगाएर कडा कारबाही गरिनु पर्ने बताए ।

‘नक्कली शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार त हुँदै हो, खासमा देशद्रोह हो’, रिजाल सामाजिक सञ्जालमा लेख्छन्, ‘नागरिकलाई जानजान ठग्ने अनि देशलाई अन्तर्राष्ट्रिय रूपमा बदनाम गर्नेहरूमाथि देशद्रोहको मुद्दा चलाउनुपर्छ। उप्रप्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव– जोसुकै होऊन्, कानुनको नजरबाट बराबर साबित गर्नुपर्छ।’

गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमालेका निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आइतबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077