काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन् ।
अनेरास्ववियूको ५९औँ स्थापना दिवस एवं युवा संघ नेपालको ३४औँ स्थापना दिवसका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।
उनले देश चौतर्फी संकटबाट गुज्रिरहेको बताए । भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरेको उनले उल्लेख गरे ।
बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले श्रमजीवी युवा खाडी मुलुक, मलेसिया र युवा विद्यार्थी अस्ट्रेलियातिर जान बाध्य भइरहेको उनको भनाई छ ।