Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोमानिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, लाजिम्पाटबाट विश्वकर्मा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रोमानिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका ७ स्थायी घर भई हाल टोखा नगरपालिका ९ जाल्पाचोक बस्‍ने ४३ वर्षीय विशाल विश्वकर्मा रहेका छन् ।

उनले रोमानिया पठाइ दिन्छु भन्‍दै पीडितहरुबाट प्रतिव्‍यक्ति ५ लाख ५० हजारका दरले १८ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

विश्वकर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका विश्वकर्मामाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077