Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशसभा बैठक जेठ ९ गतेका लागि आह्वान

मकवानपुर । बागमती प्रदेशसभाको १२ औँ अधिवेशन बैठक यही जेठ ९ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गरिएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शर्माका प्रेस संयोजक शिवप्रसाद चौलागाईंका अनुसार बागमती मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट बैठक आह्वानका लागि सिफारिस भएको थियो ।

उक्त अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्षको बजेटसमेत ल्याइने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077