Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

उत्तर प्रदेशमा ४० वटा बाँदर मृत फेला, विष खुवाइएको आशंका

एजेन्सी । भारतको उत्तर प्रदेशमा आइतबार ४० वटा बाँदर मृत अवस्थामा फेला परेका छन् ।

हापुड जिल्लाको गढमुक्तेश्वर वन क्षेत्रमा ती मृत बाँदरहरू फेला परेका हुन् ।

वन विभागका अधिकारीहरूका अनुसार ती बाँदरलाई विष खुवाइएको हुन सक्ने आशंका गरिएको छ । गढमुक्तेश्वर क्षेत्रको झाडीमा बाँदर मृत फेला परेपछि वन विभागलाई खबर गरिएको थियो ।

सुरूमा गाउँलेहरूले दुर्गन्ध आएपछि के हो भनेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बाँदरको मृत्युको अनुसन्धानका लागि मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077