Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चलचित्र ‘हुक्का-एन एब्सर्ड ड्रिम’ जेठ १२ मा रिलिज हुँदै

काठमाडौं । आगामी जेठ १२ गतेबाट फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ रिलिज हुँदैछ।

निर्देशक शम्भु थापाका अनुसार फिल्म अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित रहेको छ।

स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्मको कथा अहिलेसम्म आएको फिल्म भन्दा भिन्न भएको फिल्मका लेखक तथा अभिनेता सन्तोषकुमार आत्रेयको दाबी थियो।

फिल्ममा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ ।

फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077