Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रीमतीको हत्या गरी फरार रहेका गर्भे दुई महिनापछि पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रीमतीको हत्या गरी फरार रहेका एकजना अभियुक्तलाई पक्राउ गरेको छ।

प्रहरीले हत्या आरोपमा रोल्पाको सुनछहरी गाउँपालिका-६ फगामका ३९ वर्षीय गर्भे विकलाई पक्राउ गरेको हो । विकले गत फागुन २० गते श्रीमती २६ वर्षीया केशु विकको हत्या गरी फरार थिए।

श्रीमतीको हत्या गरी शव कपिलवस्तु शिवराज नगरपालिका वडा ५ चन्द्रौटास्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेस सेन्टर भवनको सेप्टी ट्यांकीमा फ्याँकी फरार रहेका विक दुई महिनापछि पक्राउ परेका हुन्।

विकलाई काठमाडौंको सतुंगलबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानएको छ । विकलाई थप आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077