Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

फिफा विश्वकप २०२६ को लोगो सार्वजनिक

काठमाडौं । फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका छन् ।

सन् २०२६ को फिफा विश्वकपका लागि इन्फान्तिनोले एक समारोहका बीच लोगो अनावरण गरेका हुन् ।

कार्यक्रममा विश्वभरका सेलिब्रिटीहरुको उपस्थिति थियो भने केहि रेकर्डेड प्रस्तुतिहरु पनि देखाइएको थियो ।

ब्राजिलका विश्व विजेता रोनाल्डो नाजारियो दा लिमाले आफ्नो हातमा विश्वकप लिएर मञ्चमा निस्किए र इन्फान्तिनोसँग मिलेर लोगो अनावरण गरे ।

फिफाका बिजनेश अफिसर रोमी गाईले यसपल्ट विश्वकपको लोगो किन सरल डिजाइनमा छ भनेर प्रष्ट पारेका छन् ।

उनले सरल लोगोले मानिसहरुलाई थुप्रै तरिकाबाट प्रयोग गर्न सहज हुने पनि दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077