Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फ्राइडे रिलिज : चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ हलमा

काठमाडौं । आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म चलचित्र ए साथी सुन’ र ‘डाकिनी’ प्रदर्शनमा आएको छ ।

चलचित्र ‘ए साथी सुन’ देशभर व्यावसायिक रूपमा प्रदर्शनमा आएको हो भने चलचित्र ‘डाकिनी’ लाई सीमित हलमा मात्र प्रदर्शन गरिएको हो ।

विश्वका प्रख्यात फेस्टिभल घुमेर रिलिज भएको फिल्मको अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ दिइएको छ ।

बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) द्वारा निर्देशित ‘डाकिनी’मा रविन्द्र सिंह बानियाँ, छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेवलगायतले अभिनय गरेका छन् ।

त्यस्तै, अभिनेता रमेश बानियाँ र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’ राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको फिल्म हो ।

लभस्टोरी, कमेडी र थ्रीलर जनरामा बनेको फिल्ममा वर्षा सिवाकोटी, रमेश बानियाँ, सुशिल पोखरेल, बिमला गिरी, स्वर्गीय जयनन्द लामा, आयन खड्का, रमेश अधिकारीको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077