Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले अबदेखि २ हजारका नोट नचलाउने, सर्वसाधारणलाई बैंकमा जम्मा गर्न आग्रह

एजेन्सी । भारतको केन्द्रीय बैंकले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ । बिबिसी हिन्दीका अनुसार शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने बैंकले घोषणा गरेको हो ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।

तर ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो । रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ ।

शुक्रबार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म बैंकहरूमा जम्मा गर्न सकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077