Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विभिन्न प्रलोभन देखाई ८ करोड २५ लाख रुपैयाँ ठगी, कांग्रेसका युवा नेता पक्राउ

काठमाडौं । करोडौं ठगी गरेको आरोपमा प्रहरीले कांग्रेस नेतालाई पक्राउ गरेको छ । विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ८ करोड २५ लाख ठगेको आरोपमा कांग्रेस महासमिति सदस्य कृष्णमुरारी गुरुङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले केही दिनअघि सिन्धुलीको गोलन्जर गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका गुरुङलाई ठगी मुद्दामा पक्राउ गरे पनि शुक्रबार मात्र घटना सार्वजनिक गरेको हो ।

पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको परीसरका प्रवक्ता एसपी सिताराम रिजालले बताए ।

एसपी रिजालका अनुसार उनी पटकपटक गरी सुरेश केसीसँग नगद सात करोड ७५ लाख रुपैयाँ र २० तोला सुन लिएर फरार भएका थिए ।

०७४ सालको असोज महिनामा देउबहादुर गुरुङसँग ३० लाख रुपैयाँ लिएको पनि प्रहरीले जनाएको छ । त्यस्तै, गाडी बिक्री गर्न २० लाख चाहिने भन्दै सरिता गुरुङसँग २० लाख रुपैयाँ लिएको आरोप लागेको छ ।

गुरुङले आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको उनले बताए । प्रहरीले उनीविरुद्ध ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077