Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अक्षरकै कारण विद्यार्थी अनुत्तीर्ण, तुलसीपुरका शिक्षकलाई अक्षर सुधार तालिम

    अक्षरकै कारण विद्यार्थी अनुत्तीर्ण, तुलसीपुरका शिक्षकलाई अक्षर सुधार तालिम

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 843
    SHARES

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान शुरूआत गरेको छ ।उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा सरकारी विद्यालयमा कार्यरत शिक्षकलाई अक्षर सुधार तालिम प्रदान गरिएको छ ।

    शिक्षकलाई ३ दिने तालिम प्रदान गरेपछि ती शिक्षकले विद्यालयमा विद्यार्थीलाई अक्षर सुधार गर्न सिकाउने उनले बताए । ‘हामीले विद्यार्थीका अक्षर सुधारका लागि अभियान थालेका छौं,’ उनले भने, ‘पहिलो चरणमा तुलसीपुरका सबै विद्यालयबाट शिक्षक बोलाएर तालिम प्रदान गरेका छौं, ती शिक्षकले विद्यार्थीलाई अक्षर सुधार गर्न लगाउनुहुनेछ ।’



    विद्यार्थीले ज्ञानआर्जन गरेको कुरा परीक्षामा व्यक्त गर्ने माध्यम भनेको अक्षर नै भएकाले अक्षर सुधार पनि महत्त्वपूर्ण रहने जनाउँदै यो अभियान चलाएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । ‘पढेर मात्रै हुँदैन, पढेको कुरा अक्षरमा उतार्नुपर्ने र लेखेको कुरा सबैले बुझ्ने हुनुपर्छ,’ उनले भने, ‘तर हामी जति ज्ञानी भए पनि अक्षर कसैले नबुझ्ने भएमा त्यसले कुनै प्रभाव पार्दैन, त्यसैले हामीले यो अभियान अघि बढाएका हौं ।’



    पहिलो चरणमा अक्षर सुधारका लागि शिक्षकलाई तालिम दिएको र त्यो कुरा व्यवहारमा उतारेको–नउतारेको कुराको विद्यालयमै गएर अनुगमन पनि गरिने उनले बताए । शिक्षकले अक्षर सुधार कार्य एकदमै महत्त्वपूर्ण रहेको बताएका छन् ।

    ‘हामीले अझै पनि अक्षर लेख्न पनि जानेका रहेनछौं, वाक्य संरचना कसरी मिलाउँदा अक्षर सुन्दर हुँदो रहेछन्, भन्ने कुरा ख्याल रहेनछ,’ मावि प्रतापकोटका शिक्षक मेघराज पोख्रेलले भने, ‘शिक्षकले अक्षर सुधार गरेमा सोहीअनुसार विद्यार्थीलाई पनि सिकाउन सजिलो हुन्छ, त्यसैले यो कार्य एकदमै राम्रो छ ।’

    विद्यार्थीलाई राम्रो लेख्न भनि निर्देशन गर्ने तर कसरी राम्रो अक्षर लेख्ने भन्ने कुराको तरिका शिक्षकलाई नै थाहा नहुने अवस्था रहेको भन्दै यो कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो ।

    धेरै विद्यार्थी अक्षरकै कारण अनुत्तीर्ण हुने गरेको भन्दै अक्षर पनि शिक्षणको महत्त्वपूर्ण पाटो रहेको प्रशिक्षक हिमाल डाँगीले बताए । ‘धेरै विद्यार्थी अक्षरकै कारण अनुत्तीर्ण हुनुभएको छ, भने केहीले सोचेजस्तो अंक पनि ल्याउन सक्नुभएको छैन,’ उनले भने, ‘त्यसैले पनि अक्षर सुधार अपरिहार्य छ ।’

    संस्थागत विद्यालयले अक्षरलाई पनि ध्यान दिने तर सरकारी विद्यालयले अक्षरमा त्यति ध्यान नदिँदा पनि समस्या भएको उनको भनाइ छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार