Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन पहल भइरहेको छः प्रधानमन्त्री

    हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन पहल भइरहेको छः प्रधानमन्त्री

    मुलुकको अर्थतन्त्र रुपान्तरणका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यक

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 273
    SHARES

    महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टिनी विद्रोही हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काइने बताएका छन् ।

    सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति दाहालले नेपाली विद्यार्थीहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताए ।



    प्रधानमन्त्री दाहालले भने–‘अझै पनि एक जना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन् । उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ।’



    अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गर्दा त्यहाँ १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। आक्रमणपछि हमासले नेपालका विपिन जोशीलाई बन्धक बनाएर गजा पुर्‍याएको थियो।

    प्रधानमन्त्री प्रचण्डले मृत्यु भएकाहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकताका साथ निर्वाह गरेको पनि बताए।

    मुलुकको अर्थतन्त्र रुपान्तरणका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यक
    प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यकता पर्ने पनि बताएका छन् ।

    युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताएका उनले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिए ।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए ।

    उनले भने–‘युवाहरू राष्ट्रका भविष्य हुन् तसर्थ विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ । मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल तथा सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न वैज्ञानिक जनशक्ति चाहिन्छ । उनीहरू सिर्जनात्मक र युग सुहाउँदो हुनुपर्छ ।’

    सुदूरपश्चिम प्रदेशका नागरिकहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै उनले विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकमा आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्न विश्वविद्यालयले सहयोग गरेको बताए ।

    प्रधानमन्त्री दाहालले भने–‘खासगरी यस विश्वविद्यालयले यस क्षेत्रका निम्न तथा मध्यम आय भएका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गरी पुर्‍याएको योगदान प्रशंसनीय छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार