Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीलाई 'स्लिम' बन्न निर्देशन

एजेन्सी । भारतको हरियाणामा प्रहरी अधिकारीको अत्यधिक वजन घटाउन राज्य सरकारले निर्देशन दिएको छ ।

हरियाणा राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल विजले बिहीबार जारी गरेको निर्देशनमा ‘मोटोपन’ भएका र पेट भएका हरियाणाका प्रहरी अधिकृतलाई प्रहरीको अभ्यास लाइनमा पठाइने चेतावनी दिएका हुन् ।

उनले बढी वजन भएका प्रहरी अधिकारीहरूले व्यायामको माध्यमबाट तन्दुरूस्ती हासिल गरेपछि सेवामा फर्कन सक्ने बताएका छन्।

राज्यका स्वास्थ्य मन्त्रीले प्रहरी अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै गृह विभागका अतिरिक्त मुख्य सचिवलाई यस सम्बन्धमा लिखित निर्देशन जारी गरेका छन्

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077