काभ्रेपलाञ्चोक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारको जालोलाई फोड्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शनिबार धुलिखेलमा आयोजित प्रेस सेन्टर नेपालको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सहितको सुशासनको स्थापना समृद्धिको पूर्व शर्त रहेको बताए । उनले मुलुक कमिसन र भ्रष्टाचारको जालोमा फसेको बताए ।
विकास र समृद्धिको लक्ष्य पूरा गर्न र शहीदको सपना पुरा गर्न र समाजवादको आधार तयार पार्न भ्रष्टाचारीलाई कारबाही, भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरेर सुशासन स्थापना गर्नुपर्ने उनको भनाई छ ।