Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कृष्णबहादुर महराले भने - भुटानी शरणार्थी प्रकरणमा कसैसँग सम्झौता हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष महराले कुनै पार्टी वा नेतासँग भुटानी शरणार्थी प्रकरणमा सम्झौता नहुने बताएका हुन् ।

उपाध्यक्ष महराले भने, ‘भुटानी शरणार्थी प्रकरणमा सरकारले कारबाही प्रक्रिया अघि बढाएपछि सकारात्मक प्रभाव पारेको छ । यसलाई अघि बढाउनुपर्छ । पदाधिकारी बैठकले सरकार खुट्टा नकमाएर अघि बढोस् हामी समर्थन गर्न तयार छौं भनिसकेको छ । यो कतै सम्झौता हुन्छ कि भन्ने छ । यो सम्झौता गर्ने विषय होइन ।’

जनमुक्ति सेनाको विषयमा संसदमा उठेपनि कुनै आर्थिक हिनामिना नभएको उनले बताए ।

एमालेलाई नक्कली भुटानी शरणार्थी प्रकरणले पोलेपछि लडाकु शिविरको बारेमा प्रसंग उठाएको उपाध्यक्ष महराले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077