Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा फरार रहेका हेम पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुरमा फरार एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका-३ घर भई हाल काठमाडौं बस्ने ५२ बर्षीय हेम कुमार श्रेष्ठ रहेका छन् ।

उच्च अदालत पाटनले गत वैशाख १ गते श्रेष्ठलाई ६ लाख जरिवाना, २४ हजार क्षतिपूर्ति तथा दुई दिन कैद गर्ने फैसला गरेको थियो ।

त्यसयता फरार रहेका उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077